Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना

- शुभ बिहानी / बिहिबार, कार्तिक २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ । बिहान पौने ६ बजेतिर काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी अनियन्त्रित भइ दुर्घटना भएकाे हाे ।

दुर्घटना परेकाे गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको खुलेको छ ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य शुरू गरेको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थाना भर्‍याङबाट १० जना प्रहरी परिचालन गरिएको बताइएकाे छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल (एपीएफ) बाट १० जना र नेपाली सेनाको ११ जनाको टोली पनि घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेका छन् भने गाडी भीरबाट निकै तल खसेका कारण उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
टोपबहादुर रायमाझी रिहा
दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
ताजा अपडेट
  • विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
  • टोपबहादुर रायमाझी रिहा
  • दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
  • देशका केही स्थानमा वर्षाको सम्भावना
  • मकवानपुरमा विद्युतीय गाडी दुर्घटना
  • अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
  • एनपिएलमा आज एक मात्र खेल हुने
  • आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama