जारी नेपाल प्रिमियर लिग (एनपिएल)काे तेश्राे संस्करण अन्तर्गतकाे अाजकाे खेलमा पराजित भएसँगै पोखरा एभेन्जर्स लिग चरणबाट बाहिरिएकाे छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा चार विकेटले पराजित भएकाे थियाे ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे थियाे । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बम ३३, सेहेन जयसुर्या १७ र इसुरू उदाना २५ रनमा अविजित रहँदा इमरान शेखले १० रनको योगदान दिएका थिए ।
एन्जेलो म्याथ्युजले ८ रन बनाउँदा प्रतिश जीसी र चरित असलंका शून्यमै पेभेलियन फर्केका थिए । पोखराका लागि कुशल भूर्तेल र रमेश मेन्डिसले समान दुई दुई विकेट लिए भने विपिन खत्री र धनन्जय लक्षणले समान एक एक विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भएकाे थियाे । पोखराका लागि ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेलेका थिए भने उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।
त्यसैगरि धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिएका थिए ।
यो हारसँगै पोखरा लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ भने पोखराले ६ खेल खेल्दा एक जित हात पार्दा पाँच खेलमा पराजय भोगेको थियाे ।