आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
आज प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ । यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन् ।
नेपालकाे संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।