नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ रहेकाे थियो ।