Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

- शुभ बिहानी / सोमबार, मङि्सर ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै त्यसाे नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने केसीले चेतावनी दिएका हुन् ।

डा. केसीले २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले हिजाे एक विज्ञप्ति जारी गर्दै तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिएको बताएका छन् ।

उनले अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिए वा सहमतिविपरीतका गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ रहेकाे छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो ।

तर उक्त सहमति सरकारले कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उनको आरोप छ । त्यसको विरोध तथा सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए । उक्त आन्दोलन कात्तिक २१ गते शिक्षा मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको थियो ।

उनले जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट नभएकाले सरकारले विगतका सहमति कार्यान्वयन गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन् ।

Page Views: 7
संबन्धित शिर्षकहरु
आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
ताजा अपडेट
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
  • आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने
  • प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै
  • बढी मूल्यमा ग्यास बेच्ने स्टोरलाई २ लाख जरिवाना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama