Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

- शुभ बिहानी / सोमबार, मङि्सर ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।

उक्त भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी रहेकाे छन् ।

त्यसैगरि भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी रहेका छन् । त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए ।

त्यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने बताइएकाे छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ भने प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेका दिवाभोजमा सहभागी हुने कार्यतालिका रहेकाे छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

Page Views: 7
संबन्धित शिर्षकहरु
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
ताजा अपडेट
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
  • आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने
  • प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama