Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महंगियो भान्छा, एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुको भाउ बढ्यो

- shuvadmin / सोमबार, साउन १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।

भारत सरकारले चामल र दलहनलगायतका खाद्य वस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुललगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुको भाउ महँगो भएको बताए ।

थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले हिजो बेचिरहेको वस्तुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताए ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ ।

नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ ।

विभागका महानिर्देशक राजन पौडेलले पछिल्लो पटक भारत सरकारले नेपालमा चामललगायतका खाद्य वस्तु निर्यात गर्न अतिरिक्त भन्सार महसुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तु चामल, दाललगायतको भाउ बढेको अनुगमनका क्रममा पाइएको बताए ।

उनले भने , “चामल र दलहनको मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण सक्दो छिटो पेस गर्न भनेका छौँ ।”

नेपालमा चामलको मौज्दात कति छ, कहिलेदेखि मूल्य बढेको हो, त्यो प्रमाण चाहिन्छ । मुखले भारतमा बढेपछि नेपालमा बढ्यो भनेर मात्रै पाइँदैन, त्यसको प्रमाण चाहिन्छ, त्यो प्रमाण व्यापारीसँग मागेका छौँ, उनले थपे ।

नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादनलगायतका विषयमा पनि छलफल भएकाले उहाँहरूले एक/दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उनले जानकारी गराए ।

छलफलमा सहभागीले पठाएको विवरण हेरेर मात्रै अहिले मूल्यवृद्धि स्वाभाविक वा अस्वाभाविक थाहा हुने, अस्वाभाविक भए त्यस्ता व्यापारीलाई कानून अनुसार हदैसम्म कारबाही हुने महानिर्देशक पौडेलले थपे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताए ।

भारत सरकारले यी वस्तुुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama