Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसित मागे समृद्धिको कार्ययोजना

- shuvadmin / सोमबार, साउन १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नागरिकलाई गुणस्तरीय, छिटोछरितो सेवा दिने र समुन्नतिको मार्गमा राष्ट्रलाई अघि बढाउने सन्दर्भ सबै मन्त्रालयका सचिवसँग विस्तृत कार्ययोजनाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री ओलीले सचिवहरूसँग मन्त्रालयका अल्पकालीन र दीर्घकालीन योजना, कार्यान्वयनको प्रगति र कार्यान्वयनमा देखिएका चुनौतीको सन्दर्भमा ब्रिफिङ लिएका हुन् ।

ब्रिफिङ सुनेपछि उनले सामाजिक सञ्जालमा छ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुनेको र नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के–के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा उहाँहरूले आआफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा योजना प्रस्तुत भएको जानकारी दिए ।

उनले भने, “भनिन्छ, समस्याको सही पहिचान नै आधा समाधान हो । अब सोमबारको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।”

कानूनीदेखि बजेटसम्मका समस्या

प्रधानमन्त्री ओलीसँगको छलफलमा सचिवहरूले कानून निर्माणका सन्दर्भमा विशेष जोड दिएका छन् ।

सामाजिक र आर्थिक विषयसँग जोडिएका कानून निर्माण गर्नुपर्ने, विकास निर्माणका सन्दर्भमा पनि कानूनी समस्या रहेको र यसलाई समयसापेक्ष रूपान्तरण गर्नु पर्नेमा उनीहरूको जोड थियो ।

Page Views: 49
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama