Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गौतमबुद्ध क्रिकेट रंगशालाको काम छिट्टै सुरु हुँदै, ठेकेदारले झार्न थाल्यो मेसिन

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ ।

भरतपुर महानगरपालिका–१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो ।

अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो ।

रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ ।

निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले जानकारी दिए ।

उनले महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने बताए ।

काम हेर्न तथा सल्लाह दिनका लागि भारतको कलकत्ताबाट विज्ञलाई नेपाल बोलाएको गौतमले बताए ।

सुरुमा बाँकी रहेका पिलर भर्ने तथा प्याराफिट ढलानका कामहरु अगाडि बढाउने गौतमले जानकारी दिए ।

आवश्यक निर्माण सामग्रीहरु उपलब्ध गराउने सव कन्ट्याक्टरहरुसँग छलफल भइरहेको उनले गौतमले बताए ।

केही दिनअघि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल तथा प्राविधिकसहितको टोलीले निर्माण कम्पनीका प्रतिनिधिसहित रंगशालाको अनुगमन गरेर यथाशक्य छिटो निर्माणको काम सुरु गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्न लागेको रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिटसहित ५ वटा पिच बनाइँदैछ ।

निर्माणस्थलमा सहजीकरणका लागि महानगरपालिकाको एक कार्यालय पनि त्यहीँ रहनेछ ।

महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान हिमालयन कालीञ्चोक बीबीआर जेभीले तयार गर्नेछ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले ५ हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत) वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ ।

निर्माण कम्पनीको साइटमा कन्ट्याक्ट म्यानेजर १ जना, सहायक इन्जिनियर १, सर्भेयर २, सब इन्जिनियर १ जना तथा अन्य व्यवस्थापकीय टिम रहने छन् ।

३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार रंगशाला निर्माणको काम २०८३ पुस २२ गतेसम्म सक्नुपर्नेछ ।

रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको अर्यालले जानकारी दिए ।

महानगरले रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिने बताए ।

रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ ।

रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गत माघ २३ गते गरेको थियो ।

महानगरपालिकाले रंगशाला निर्माणमा बजेटको कमी हुन नदिने महानगरका उपनिर्देशक अर्यालले बताए ।

धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गामा रंगशालाको काम ३९ प्रतिशत सकिएको फाउण्डेशनको दाबी छ ।

अनलाइन खबरबाट

Page Views: 30
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama