Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्व राजनीतिमा चुलियो चासो , भारतले आफ्नो विशेष सहयोगी बंगलादेशलाई संकट समाधान गर्न मद्दत गर्ला ?

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, देश छोडेर भारत पसेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भारतको कस्तो सहयोग रहला भन्ने विश्व राजनीतिमा चासो चुलिएको छ ।

गएको जुन यता नै दुई पटक भारत भ्रमण गरेकी हसिनाले राजनीतिक शरणका लागि पनि भारत नै रोजेकी छन् ।

लामो समयदेखि सत्तामा रहेकी हसिनाको नाटकीय राजीनामा र उनको भारत उडानले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई थप पुष्टि गरिदिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो पटकको सत्तारोहणको समारोहमा सहभागी भएकी हसिनालाई लक्षित गर्दै भनेका थिए – “हामीले पछिल्लो एक वर्षमा १० पटक भेटेका छौं ।

यद्यपि, यो भेट विशेष छ किनभने शेख हसिना हाम्रो सरकारको तेस्रो कार्यकाल पछि पहिलो राज्य अतिथि बन्नु भएको छ ।

यद्यपी अहिले नै भारतले बंगलादेशका बारेमा स्पष्ट योजना सार्वजनिक गरिसकेको छैन् ।

भारतले बंगलादेशको पछिल्लो राजनीतिक अवस्थालाई त्यहाँको आन्तरिक ‘आन्तरिक मामिला’ भनेको छ ।

भारतले वर्तमान बंगलादेशी विपक्षी र यसका सहयोगीहरूलाई “खतरनाक इस्लामिक शक्तिहरू“ को रूपमा हेर्दैै आएको छ ।

भारतले “शान्त, स्थिर र समृद्ध बंगलादेशलाई नै आफ्नो हित ठानेको देखिन्छ ।

बंगलादेशमा झण्डै १५ वर्ष सत्ता चलाएकी हसिनालाई आरक्षण कोटाको विरोधमा उत्रिएका विद्यार्थीको असन्तुष्टिले देशै छोड्ने अवस्था बनाइदियो ।

विद्यार्थीको असन्तुष्टि नागरिक तहमा नै फैलिएर भएको आन्दोलनमा २ सय ८० बंगलादेशीको मृत्यु भयो ।

हसिनाको राजीनामा पछि बंगलादेशका सेना प्रमुख वकेर–उज–जमानले अन्तरिम सरकारको योजना घोषणा गरिसकेका छन् ।

Page Views: 40
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama