Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी,संसद विघटन

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विभिन्न राजनीतिक दलका नेतासँग आकस्मिक बैठक गरेका छन् ।

गएराति भएको बैठकले तत्काल अन्तरिम सरकार गठन गरि संसद् विघटन गर्ने निर्णय गरेको छ । गत जनवरीमा मात्रै संसदको चुनाव भएको थियो ।

नेताहरुसँगको छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समय अगावै चुनाव गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

आन्दोलनका क्रममा ज्यान गुमाएका पीडितको सम्झनामा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिवद्धता छ ।

त्यस्तै बैठकले आन्दोलनको क्रममा हिरासतमा रहेकासहित सबै बन्दीलाई रिहा गर्ने निर्णय गरेको छ । विद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने छ ।

यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ ।

राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू मंगलबार आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताएका छन् ।

विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको प्रस्ताव गरेका छन् ।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले भिडियो सन्देश मार्फत युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउनु पर्ने बताएका हुन् ।

Page Views: 25
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama