Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै

- shuvadmin / सोमबार, साउन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तात्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए ।

संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो । उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे ।

जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ ।

राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।

स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ ।

संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले बताए ।

विसं २०७३ मा स्थापित फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिकालगायत सामाजिक लोककल्याणकारी क्षेत्रमा ‘थिङ्कट्याङ्क’का रूपमा कार्य गर्दै आएको छ ।

स्वर्गीय कोइरालाले जीवनमा पुर्याएको योगदानको सम्झनामा फाउण्डेसनले विभिन्न रचनात्मक कार्यक्रमसमेत गर्दै आएको छ ।

फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको बताए ।

फाउण्डेसनको संरक्षकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

Page Views: 27
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama