Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

- shuvadmin / मङ्गलबार, भदौ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वुुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् ।

साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने ढुक्क छ ।

एमाले कांग्रेसबाहेक उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने सूचना दिइसकेका छन् ।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउने गरी तयारी रहेको बताए ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् ।

एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक चौधरीले बताए ।

यस्तै कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप लगएका छन् ।

सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको जानकारी दिए ।

प्रदेशसभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १३ सदस्य रहेका छन् ।

४ सांसद रहेको राप्रपाले के गर्ने टुंगो लगाएको छैन । विपक्षमा रहेकाहरूको समेत मत लिने गरी सत्ता साझेदार दलभित्र तयारी छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मङ्गलवार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

एमाले संसदीय दलको उपनेता भएको बेला आचार्य मुख्यमन्त्री बनेका थिए अहिले भने दलको नेता बनिसकेका छन् ।

पार्टीले उपनेतालाई मुख्यमन्त्री बनाएपछि दल नेता लीला गिरीले साउन ७ गते नै राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको एमाले संसदीय दलको बैठकमा गिरिले राजीनामा दिएको रिक्त दल नेतामा आचार्यलाई सर्वसम्मत रूपमा चयन गरिएको थियो ।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानूून मन्त्रालय सम्हालेका थिए ।

करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरिको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए ।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोखबहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

यो आर्थिक वर्षको बजेट उनैले ल्याएका हुन् ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama