Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वापा केन्द्रीय समितिको निर्णय

- shuvadmin / बुधबार, भदौ ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

“पार्टीले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ,” कार्यवाहक प्रवक्ता झाले भने ।

यसअघि २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका बेला रास्वपा गठन भइसकेको थिएन, त्यसैले भाग लिन पाएन । तर, उपनिर्वाचनमा भने भाग लिने निर्णय पार्टीले गरेको हो ।

बालेन शाह, हर्क साम्पाङ, गोपाल हमाललगायतको जीतबाट हौसिएका रवि लामिछानेले पहिले संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

तर, पछि स्वतन्त्र नामकै पार्टी घोषण गरेर पार्टीकै रूपमा निर्वाचनमा होमिए ।

पार्टी बनिसके पनि प्रदेश निर्वाचनमा भाग नलिएको रास्वपा प्रतिनिधि सभामा भने २१ सिट जित्दै चौथो दल बन्यो ।

रास्वपाभित्र प्रदेश संरचनाबारे भने बहस हुने गरेको छ । नेताहरूले प्रदेश संरचनालाई ‘भद्दा’ संरचना भन्ने गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय उपनिर्वाचन मंसिरको तेस्रो साता प्रस्ताव गरेको छ । सरकारले भने निर्णय लिइसकेको छैन् ।

Page Views: 41
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama