Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनकोशी दुर्घटनामा हराएको गाडी २५ फिट गहिराइबाट निकालियो , बेपत्ता ३ युवा अझै भेटिएनन्

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुली, सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।

घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो।

‘नदीमा बेपत्ता भएको गाडी गएराति २ बजे नदीबाट निकालिएको छ,’ प्रहरीले भन्यो, ‘तर, त्यसमा सवार तीन युवालाई अझै फेला पार्न सकिएको छैन्।’

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्। अबिन हाइलक्सका चालक हुन्।

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्।

सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

बेपत्ता तीन युवाको खोजीमा आइतबार बिहानैदेखि सुरक्षाकर्मी खटिएका डीएसपी खड्काले बताए।

‘म अहिले घटनास्थलमै छु,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थलदेखि तल १० किलोमिटर क्षेत्रसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।’

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो।

सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

‘बाढी आएको कारण अहिले सुनकोसीको पानी एकदमै धमिलो र लेदो छ। बेपत्ता भएकाहरुलाई बालुवाले पुरेको पनि हुनसक्छ।

Page Views: 47
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama