Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश !

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छिन् । तर, प्रहरीले भने उनको हत्या भएको निष्कर्ष निकालेर पति नरेश भट्टविरुद्ध अभियोजन गरेको छ ।

ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन् ।

बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेका नरेशलाई शुक्रबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो ।

उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ ।

नरेशले ३० जुलाइ साउन १५ मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

प्रहरीले फरेन्सिक प्रविधि ‘ब्लुस्टार प्रयोग’ गरेर हेर्दा उनको घरको बेडरुम र बाथरुममा रगतको टाटा भेटिएको थियो ।

केही दिनअघि नरेशले किनेका तीनवटा चक्कुमध्ये १ वटा मात्र भेटिएको छ । र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्योल गरेर मुद्दा चलाएको हो ।

वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्टले टेस्ला कार बेचिसकेको थिए । उनले एक वर्षे छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए ।

घर बेच्न दुई जनासँग कुरा चलाइसकेका थिए । उनले त्यहाँबाट भाग्ने तयारी गरिरहेको प्रमाणहरू फेला परेका छन् ।

प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्धृत गर्दै भनिएको छ, ‘ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए ।

सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए ।’

यही कारण प्रहरी अधिकारीहरूले नरेश भट्ट भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन् ।

प्रिन्स विलियम काउन्टीका अभियोजन साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगत फेला पारेको बताइन् ।

नरेशले जुलाइ ३० साउन १५ मा चक्कुहरू किनेका थिए, जुनदिन अन्त पटक ममताको परिवारसँग सम्पर्क भएको थियो ।

उनी सोही दिन घर सफा गर्ने समानहरू किन्न पनि गएका थिए । जसलाई अनुसन्धान गर्ने अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन् ।

नरेश भट्टले आफ्नी श्रीमतीको अवस्थाबारे अमिल्दा कथाहरू सुनाएर अलमल्याएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । ममता जुलाई ३१ साउन १६ देखि उनी परिवारको सम्पर्कमा छैनन् ।

नरेशले त्यो बीचमा कसैलाई खबर गरेका छैनन् । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले भोलीपल्ट प्रहरीलाई खबर गरेका हुन् ।

ममता पहिला ड्युटी जाँदा पतिबाट कुटपिट भएको दागहरू लिएर गएकी थिइन् । त्यसबाट समेत सहकर्मीहरूले शंका गरेका थिए ।

मानसस पार्कका एक प्रहरी खबर भएको भोलिपल्ट अगस्ट १ साउन १८ गते उनको घरमा पुगे पनि नरेश भट्टले प्रहरीमा रिपोर्ट गर्न अस्वीकार गरेका थिए ।

उनले एकैपल्ट अगस्ट ६ मा मात्रै प्रहरीलाई खबर गरेका थिए । उजुरीपछि अनुसन्धान थालेको प्रहरीले हत्या भएको आशंकामा पति नरेशलाई नै नियन्त्रणमा लिएको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका हुन् ।

उनी ०७३ साल साउन १४ मा अमेरिकाका लागि उडे । अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे ।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । उनी बेलाबेला नेपाल आइराख्थे । अहिले उनी यूएस आर्मीको आइटी विभागमा कार्यरत छन् ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो ।

त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका उडिन् ।

एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।

Page Views: 58
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama