Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्बको कारोबार

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेको हो ।

आज ६० कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको हो ।

सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । बाँकी सबै समूह राताम्मे भएको हो ।

आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता सेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै लगानी समूह तीन दशमलव ८३, बैङ्किङ तीन दशमलव ३१, वित्त तीन दशमलव ५० र अन्य समूह तीन दशमलव ५५ प्रतिशतले बढेको छ ।

विकास बैङ्क दुई दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ३८, जलविद्युत् तीन दशमलव ०४, जीवन बीमा दुई दशमलव ५०, उत्पादन तथा प्रशोधन एक दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ५९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैङ्क लिमिटेड डिभेञ्चर–८६ को सेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको २२ लाख ७८ हजार सात सय ८७ कित्ता सेयर किनबेच भएको छ ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama