आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी ताेलामा २५० ले घटेको हो ।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय र चाँदी ४ हजार २३५ निर्धारण भएको छ । हिजाे १ तोला सुनको मोल २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो भने एक तोला चाँदीको मूल्य ४ हजार ४८५ मा कारोबार भएको थियो ।
मंगलबार एक तोला सुन २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश ३ हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।