आज बिहान जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्र रहेको र भूकम्पको धक्का जुम्ला तथा आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।
भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन् ।