Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौविसै घण्टा

- shuvadmin / मङ्गलबार, भदौ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो ।

एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।

जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरु प्रकाशनरप्रशारण गर्दै आइरहेको छ ।

देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रुपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ ।

नेपाली, अङ्गग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ ।

यस्तै राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ ।

हाल राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो । लोकतन्त्रको सम्बद्र्धन र सुदृढीकरणका लागि सही सूचनाको निरन्तर सम्प्रेषण र उपलब्धता आवश्यक पर्ने कुरातर्फ सचेत रहँदै राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गर्न हामी निरन्तर क्रियाशील छौं ।

हाम्रो यो पछिल्लो प्रयत्न पनि त्यसैको उदाहरण हो भन्दा अन्यथा हुने छैन् । निश्चित समयमा निश्चित समाचार सेवा उपलब्ध गराउँदै अघि बढेकोे राससले बदलिँदो समयअनुसार आफूलाई परिष्कृत गर्दै लगेको छ ।

पछिल्लो समयमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसले समेटेको बृहत् क्षेत्रबारे सूचना र समाचार सेवा विस्तार गर्ने राससको लक्ष्य हो ।

देश संघीयतामा गएसँगै समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हरेक क्षेत्र, भू-गोल, धर्म, सम्प्रदाय र भाषाभाषीका सूचना र समाचार सम्प्रेषण गर्न रासस प्रतिबद्ध छ ।

पछिल्लो समय प्रविधि विशेषतः डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन् ।

सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होउन् या त सूचना प्राप्त गर्ने नागरिक, आज कुनै भू-गोल वा क्षेत्रमा मात्र सीमित छैनन् ।

प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ वा भइसकेको छ । आज समाचारका पाठकरदर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् ।

सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो हेर्न र पढ्न रुचाउँछन् ।

अति व्यस्त दैनिकीका कारण आमपाठक÷दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ ।

यही आवश्यकता र समयको मागअनुसार राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घन्टा नेपाली समाचार सेवा सुरु गर्दैछ ।

राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास हामीले लिएका छौँ ।

सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्ड–सेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

परीक्षण अवधिमा सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ ।

प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ ।

अन्त्यमा यो सेवा सञ्चालनका लागि सरकारको मार्गदर्शन र राससका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दछौ ।

रासस

Page Views: 62
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama