Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते

- shuvadmin / बिहिबार, भदौ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगन्ज पुग्न लागेको बस अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको बताए ।

उनले मृतकको अझै सनाखत नभएको जनाकारी दिंदै घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएको बताए ।

दुर्घटनाको खबर आउने बित्तिकै जनपद प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जानकारी डीएसपी डाँगीले बताए ।

यता, भेरी अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको र दुई जना मृतकलाई पनि पुर्‍याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।

उनले घाइतेमध्ये केही गम्भीर भएकाले अस्पतालको सबै जनशक्तिलाई खटाएर भए पनि उपचार कार्य गरिरहेको बताए ।

सो दुर्घटनाको विस्तृत जानकारी आउन केही समय लान्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama