Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युक्रेनको खार्किभमा रुसी आक्रमणमा परी १४ वर्षीया वालिकाको मृत्यु

- shuvadmin / शनिबार, भदौ १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

यसबाहेक रुसी सीमानजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो। जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए।

यी हमलापछि सार्वजनिक तस्बिरमा भवनको माथिल्लो भागमा आगो र कालो धुवाँ देखिन्छ। अनि मानिसको उद्धार प्रयास गरिएको पनि देखिन्छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै अन्तर्राष्ट्रिय साझेदारलाई रुसभित्र आक्रमण गर्न अनुमति दिन अपिल गरेका छन्, ताकि रुसी आक्रमण रोक्न सकियोस्।

युक्रेनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै गत हप्ता रुसले युक्रेनमा ४०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ।

पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकलाई पदच्युत गरेको केही घण्टापछि भएको हो।

जेलेन्स्की आफैँले जान मिकोला ओलेस्चुकलाई पदबाट हटाएका हुन्।

Page Views: 64
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama