Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण चीन सागरमा चीन–फिलिपिन्सका पानी जहाजहरू ठोक्किए, एक महिनामा चौथो पटकको टक्कर

- shuvadmin / आइतबार, भदौ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, चीन र फिलिपिन्सले पुनः दक्षिण चीन सागरमा एक–अर्काले तट रक्षक जहाजहरू ठोक्काएको आरोप लगाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार दुवै देशका तट रक्षक जहाजहरूबीच टक्कर भएको थियो। यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो।

फिलिपिन्सका तट रक्षकका प्रवक्ता टैरिएलाले शनिबार भएको टक्करको भिडियो सेयर गरेका थिए। उनले भनेका छन् – चिनियाँ तट रक्षक जहाजले जानाजान फिलिपिन्सको जहाजलाई ठक्कर दिएको थियो।

यसले गर्दा उनीहरूको तट रक्षक जहाजलाई क्षति पुगेको छ। यद्यपि, यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन्।

चिनियाँ तट रक्षकका प्रवक्ता लियु डेजुनले भनेका छन् –फिलिपिन्सले गैरकानूनी रूपमा दक्षिण चीन सागरमा रहेको साबिना शोल (सेकन्ड थोमस शोल) नामको कोरल आइल्याण्डमा आफ्नो जहाज रोकेको थियो।

त्यसपछि उसले अचानक चीनको तट रक्षक जहाजलाई ठक्कर दिएको थियो।

चिनियाँ तट रक्षकले चेतावनी दिएको छ -यदि फिलिपिन्स समयमै पछि हटेन भने उसले परिणाम भोग्नुपर्नेछ।

चीनले भनेको छ –देशको सुरक्षा लागि हरेक आवश्यक कदम चाल्नेछौं । लियुले भने, ‘चिनियाँ तट रक्षकले आफ्नो देशको सुरक्षा र समुद्री अधिकारहरूको रक्षा गर्न हरेक आवश्यक कदम चाल्नेछ।’

फिलिपिन्सले अप्रिलमा आफ्नो पालावन प्रान्तबाट ७५ नौटिकल माइल अर्थात् १३८ किलोमिटर टाढा एक जहाज तैनाथ गरेको थियो।

चीन गैरकानूनी रूपमा एउटा कृत्रिम टापु बनाउन खोजेको फिलिपिन्सले आरोप लगाएको छ । यद्यपि, चीनले ती दावीहरूलाई अस्वीकार गरेको छ।

चीनले सम्पूर्ण दक्षिण चीन सागरलाई आफ्नो हिस्सा बताउँछ। यसलाई लिएर उसको फिलिपिन्स, मलेसिया, ताइवान, भियतनाम, र ब्रुनेई जस्ता देशहरूसँग विवाद छ।

करीब १२ दिनअघि पनि चीन र फिलिपिन्सका जहाजहरूबीच सेकन्ड थोमस शोल नजिकै टक्कर भएको थियो।

चीनका तट रक्षकले भनेका थिए –उनीहरूको तट रक्षक जहाज २१५५१ ले फिलिपिन्सको जहाज ४४१० लाई धेरै पटक चेतावनी दिएको थियो । तर, उनीहरूले यसलाई नजरअन्दाज गरेर ठक्कर दिए।

चिनियाँ तट रक्षकका प्रवक्ता गेंग युले भने (फिलिपिन्सको जहाजले निकै गैर जिम्मेवार र खतरनाक तरिकाले काम गरेको थियो।

फिलिपिन्सको जहाज जियाबिन रीफ (साबिना शोलको) नजिकै गैरकानूनी रूपमा चिनियाँ जल क्षेत्रमा प्रवेश गरेको थियो। यदि उनीहरूले यसरी नै उक्साउने काम गरे भने तिनीहरूले यसको परिणाम भोग्नुपर्नेछ।

सेकन्ड थोमस शोलमा ६ देशको दावी

सेकन्ड थोमस शोल दक्षिण चीन सागरमा स्प्रैटली आइल्याण्ड्समा एउटा जलमग्न चट्टान हो। यसमा ६ देशले दावी गरेका छन्।

फिलिपिन्सले भनेको –सेकन्ड थोमस शोल उसको समुद्र तटबाट २०० नौटिकल माइल (लगभग ३७० किलोमिटर) र पलावन टापुबाट १४० किलोमिटरको दूरीमा अवस्थित छ।

यो क्षेत्र उसको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विशेष आर्थिक क्षेत्र (सेज) मा पर्दछ।

सेकन्ड थोमस शोलमा दुई दशकदेखि फिलिपिन्सले आफ्नो नौसेना जहाज ‘बिआरपी’ सिएरा माद्रे तैनाथ गरेको छ।

यसमा फिलिपिन्सी मरीनको एक सानो टुकडी तैनाथ छ। चीनले पनि यस क्षेत्रमा निगरानीका लागि आफ्ना धेरै बोटहरू र तट रक्षकलाई तैनाथ गरेको छ। यही कारणले गर्दा दुवै देशका जहाजहरू यहाँ अक्सर ठोक्किन्छन्।

सेकन्ड थोमस शोललाई चीनले साबिना शोल भन्छ र यसमा उसले दाबी गर्छ। यो क्षेत्र चीनको हाइनान टापुबाट करिब १००० किलोमिटर टाढा छ।

वास्तवमा, दक्षिण चीन सागरको करिब ८० प्रतिशत क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ। यो एउटा यस्तो समुद्री क्षेत्र हो जहाँ प्राकृतिक तेल र ग्यास प्रचुर मात्रामा उपलब्ध छ।

यसै कारणले यस क्षेत्रमा रहेका कुनै पनि देशले दक्षिण चीन सागरको दावी छोड्न चाहँदैनन्। यही कारणले चीनको यस क्षेत्रमा लिएर धेरै देशहरूसँग विवाद चलिरहेको छ।

Page Views: 48
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama