Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेको शव सिग्नल हिल पार्कमा भएको आशंका

- shuvadmin / आइतबार, भदौ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्।

त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३७ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२ ) मा भर्जिनियाको मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ।

तर, उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्।

योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ। यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ।

मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली ममताको घरबाट लगभग एक माइल टाढा रहेको उक्त पार्क पुगेको थियो।

शव भेटिने आशामा प्रहरी अधिकारी र उद्धारकर्मीले सिग्नल हिल पार्कभित्रका जंगल र खेतमा पैदलै खोजी गरेका थिए।

त्यस क्रममा फेला परेका विभिन्न वस्तु एकत्रित पारी ममतासँग सम्बन्धित हुन् कि होइनन् भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ममताका साथी तथा स्थानीय अनुसन्धानको नतिजाको प्रतीक्षा गरिरहेका छन्।

यसैबीच ममताको शव लुकाएको मुद्दामा अक्टोबर २४ मा हुने भनिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न अभियुक्त नरेश भट्टका तर्फबाट दायर मोसन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ।

त्यस दिन बिहान पौने ९ बजे प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा ग्रान्ड जुरी हुने बताइएको छ।

त्यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको अदालती कागजातमा उल्लेख छ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्दको माग गरेको हो। जसका कारण मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा गएको छ।

ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा काम गर्थिन्।

सिग्नल हिल पार्क

उनी अन्तिमपटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनाससमा देखिएको प्रहरीले जनाएको छ।

भोलिपल्ट अर्थात् जुलाई २८ मा ममताले एक साथीसँग कुराकानी गरेकी थिइन् भने नरेशले उनलाई पछिल्लोपटक जुलाई ३० मा देखेको बताएका छन्। जुलाई ३१ देखि भने ममता बेपत्ता छिन्।

यसैबीच ममता काफ्ले बेपत्ता हुनुभन्दा महिनौँ अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगल सर्च गरेको पाइएको अभियोजकले गत सोमबार अदालतमा बताएका छन्।

ममता र नरेशकी १ वर्षीया छोरी निमा हाल नेपालबाट गएकी हजुरआमाको हेरचाहमा रहेको बताइएको छ।

फाइल तस्बिर : पति नरेश भट्टसँग ममता

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका(२ घर भएका नरेश र काभ्रेको पनौती(६ की ममताबीच ५ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो।

यस क्रममा प्रेममा परेका उनीहरूबीच २०७७ मंसिर २५ गते विवाह भएको थियो। त्यसको ८ महिनापछि २०७८ साउन १० गते ममता पतिसँगै अमेरिकाका लागि उडेकी थिइन्।

Page Views: 52
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama