Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चितवनको सिमलतालमा भारतीय नम्बरको बस र ट्रक ठोकिए, दुर्घटनापछि बसका चालक फरार

- shuvadmin / आइतबार, भदौ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सिमलतालमा बस र ट्रक ठोक्किएका छन्।

मुग्लिनबाट चितवनतर्फ आउँदैै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र चितवनबाट काठमाडौँ जाँदै गरेको आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा ट्रक चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ का २८ बर्षीय राजन क्षेत्री घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको रिजालले बताए।

यस्तै ट्रकमा सवार बाराको आदर्श देवल गाउँपालिका–५ का ३० बर्षीय मन्ज रावल बराई र उनका ६ वर्षका छोरा आशिष रावल बराई घाइते भएका छन्।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजाने काम भैरहेको प्रहरीले जनाएको छ।

आज (आइतबार) बिहान ७ बजेतिर बस र ट्रक ठोकिँदा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको एसपी रिजालले जानकारी दिए। प्रहरीका अनुसार बसमा सवार यात्रु भने सकुशल छन्।

Page Views: 55
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama