Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

- shuvadmin / आइतबार, भदौ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ ।

हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ ।

सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आइतबार जारी गरेको आईडीएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ।

सबै मृतकको परिवारलाई जानकारी गराइसकिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो ।

६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दावी गरिएको छ ।

लडाइँका बीच अमेरिका, इजिप्ट र कतारका मध्यस्कर्ताको प्रयासमा युद्धविरामका लागि पहल पनि जारी छ ।

सो वार्ता सफल भएमा इजरायली कारगारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा हमासले सबै बन्धक मुक्त गर्नेछ।

बाँकी रहेका ९७ बन्धकमध्ये २७ जना मारिएको अनुमान गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama