Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फोटोमा बादलको घुम्टोले छोपिएको रुपवती ढोरपाटनको बुकीको प्राकृतिक सौन्दर्य

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

म्याग्दी, चुम्न मन लाग्ने आँखै अगाडि गुर्जा, दोगाडी, चुरेन, पुथा, सिस्ने, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायत सेताम्मे हिमालका लस्कर, साथमा काला पत्थर ।

वरिपरी अग्लाअग्ला घँसेनी पहाडका टाकुरो । केही खोँच, भिराला र केहीसम्म परेका विशाल पाटनहरु ।

ती रङ्गीबिरङ्गी फूल र घँसेनी पाटन, पाटनका टाकुरो क्षेत्रमा चर्दै गरेका र खर्कमा भेडाका बथानहरु ।

आफ्नै सुरमा चर्दै गरेका घोडा, खच्चड, गाईभैंसीहरु । गोठाला बस्ने सानासाना गोठहरु ।

चिसो हावा, यस क्षेत्रमा पाइने विभिन्न जडीबुटी, चराचुरुङ्गी र जङ्गली जनावर । क्षणभरमै बदलिरहने मौसम । बादलको घुम्टोले छोपिएको रुपवती ढोरपाटनको बुकी ।

भौगोलिक विविधता भएको ढोरपाटन बुकीको प्राकृतिक सौन्दर्य अलौकिक छ ।

बागलुङ, पूर्वीरुकुम र म्याग्दी जिल्लामा फैलिएको नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष भित्र पर्ने बुकीलाई धरतीमा स्वर्गको एक टुक्रा हो भन्दा फरक नपर्ला ।

करिब तीन हजारदेखि ६ हजार पाँच सय मिटर उचाइमा अवस्थित ढोरपाटनको बुकी प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो ।

बुकी क्षेत्रमा सुनदह, जलजला, टिकाधारा, मनसुन, गरपाछेडा, स्याङ, दहखर्क, फागुने, नौडल्ले, फुर्सेलगायत कयौं रमणीय पाटनहरु छन् ।

रमणीय ठाउँहरु मिलेर बनेको बुकीले जोकोहीलाई पनि मोहित बनाइदिन्छ ।

खोलानाला, जङ्गल हुँदै घण्टौं उकालो–तेर्सो हिँडाइको थकान यीनै दृश्यहरुले क्षणभरमै मेटाइदिन्छ ।

मनसुनी जाडो समयमा हिउँले ढाकिएका टाकुरो र पाटनहरु मनमोहक देखिन्छन् ।

बुकीमा पाइला टेक्न र बुकीलाई चुम्न चाहनेहरुका यात्रालाई थप रोचक र स्मरणीय बनाइदिन्छ बुकीले ।

बुकी पुगेपछि लाग्छ ढोरपाटन बुकी चरणखर्क र पेशेवर शिकारीहरुका लागि मात्र नभई मन बहलाउनका निम्ती घुम्नै पर्ने एक प्रमुख गन्तव्य हो ।

यसको सुन्दरता बयान गरी साध्य छैन । ढोरपाटन र ढोरपाटन भित्र लुकेको बुकीबारेमा उत्सुक हुनेहरुका लागि बुकी पुग्नै पर्ने गन्तव्य हो ।

बुकीको परम्परा र गोठाला जनजिवनलाई नजिकबाट नियाल्न तथा साहसीक पदयात्रा गर्नेका लागि पनि यो एक उपयुक्त गन्तव्य हो ।

‘‘ढोरपाटनको बुकी प्रकृतिले दिएको अमूल्य उपहार हो । यसको थप प्रवद्र्धन गर्न सके प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।,’’

पोखराबाट घुम्न आउनुभएका राज बुढाले भने । पछिल्लो समय यहाँ घुम्न जाने स्वदेशी पर्यटकको सङ्ख्यामा केही बृद्धि हुँदै गएको छ ।

बुकी पर्यटकीय हिसाबले एक ‘भर्जिन’ गन्तव्य हो ।

पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले बुकीको दहखर्कमा गत असार अन्तिमदेखि गोठ स्टे (गोठबास) सञ्चालनमा ल्याइएको ढोरपाटन नगरपालिका–९, का व्यवसायी सन्देश थापाले बताए ।

ढोरपाटन नगरपालिका–६,का जङ्गबहादुर अदैका अनुसार म्याग्दी, बागलुङ, पूर्वी रुकुम र रोल्पा समेतका किसानहरुले भेडाबाख्रा, गाई, भैँसी, घोडा खच्चडलगायत घरपालुवा जनावरहरु लिएर वैशाख अन्तिमदेखि असोज महिनासम्मका लागि बर्खायाममा बुकी अर्थात् ‘लेक’ उक्लने गर्दछन् ।

यसैलाई ‘बुकी उक्लनु’ भन्छन् । प्रयाप्त चरणखर्क भएकाले बर्खायाममा करिब साढे दुई महिनाका लागि भेडाबाख्रा लिएर बुकी उक्लिने बागलुङकै खुङखानीका रणबहादुर विश्वर्कमा र रोल्पाका वीरबहादुर क्षेत्रीले बताए ।

एक हजार तीन सय २५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको शिकार आरक्षमा नाउर, झारल, थार र हिमाली भालु लगायत ३२ प्रजातिका स्तनधारी जनावर तथा यहाँ दुर्लभ एवम् संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।

पछिल्लो समयमा उपत्यका आउने स्वदेशसी पर्यटकको सङ्ख्यामा वृद्धि भएपनि बुकी उक्लिनेको सङ्ख्या भने न्यून रहेको ढोरपाटन सामुदायीक होटलका सञ्चालक धिरेन्द्र घर्ती मगरले बताए ।

सडक स्तरोन्नती नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । बागलुङको ढोरपाटन उपत्यका, म्याग्दी र पुर्वी रुकुमका विभिन्न ठाउँ हुँदै बुकी जान सकिन्छ ।

Page Views: 48
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama