Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि धुलिखेलको पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी आन्दोलित

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रे, काभ्रेको धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् ।

क्याम्पसले इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थीले कलेज र सम्बन्धित अस्पतालमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् ।

आयुर्वेदमा स्नातक गरेपछि एक वर्ष इन्टर्न गर्नुपर्छ । यसबापत् नियमअनुसार पाउनुपर्ने सुविधा मागेको ती विद्यार्थीको भनाइ छ ।

१४ भदौमा विद्यार्थी समूहले भत्ता उपलब्ध गराउने विषयमा लिखित निर्णय दिन भन्दै कलेज प्रशासनलाई पत्र लेखेका थिए ।

पत्रपछि १६ भदौमा वार्ता भए पनि निष्कर्षविहीन बन्यो । तर, कलेज नेतृत्वले आश्वासन दिएर आन्दोलन असफल पार्ने रणनीति लिएको ती विद्यार्थीको भनाइ छ ।

विद्यार्थीहरूले कलेजको प्रमुख कार्यालय पतञ्जलि योगपिठ मण्डीखाटारलाई पनि पत्र लेखेर ध्यानाकर्षण गराएका थिए ।

त्यहाँबाट समेत जवाफ नआएपछि १७ गतेदेखि क्याम्पस र अस्पतालमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरूले बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ साथै परिषद्द्वारा दर्ता आयुर्वेद क्याम्पस कीर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ ।

पतञ्जलि कलेजले भने भत्ता नदिने भनेपछि आफूहरू आन्दोलित बन्नुपरेको विद्यार्थीले बताएका छन् ।

क्याम्पस प्रशासनलाई विद्यार्थीले २ माघ २०८० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको परिपत्रको स्मरण पनि गराएका छन् ।

मन्त्रालयका सचिवको अध्यक्षमा २६ पुस २०८० मा बसेको बैठकले आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधा (निर्वाह भत्ता) मा विविधता देखिएको भन्दै सबै शिक्षण संस्थाहरूमा सो सेवा सुविधाहरू न्यूनतम सरकारी सरह कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न भनेको थियो ।

सो निर्णयअनुसारको परिपत्र २ माघमा जारी गरिएको थियो । तर, मन्त्रालयको निर्णय मान्न तथा संस्कृत विश्वविद्यालयअन्तर्गतकै अन्य क्याम्पसले इन्टर्न डाक्टरलाई दिइरहेको सेवा सुविधा उपलब्ध गराउन पतञ्जलिले आनाकानी गरेको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।

आयुर्वेद चिकित्सा परिषद् नेपालले बीएएमएस तृतीय प्रोफेसनल उत्तीर्ण गरी अस्थायी दर्ता पत्र पाएका इन्टर्नसिप डाक्टरलाई कार्यकालभर अधिकृत आठौँ तहका लागि नेपाल सरकारले तोकेअनुसार तलबको आधा रकम जीवन निर्वाह भत्ताको रूपमा दिनुपर्ने व्यवस्था गरेको छ ।

यसै प्रावधानअनुसार, आयुर्वेद क्याम्पस कीर्तिपुर, दाङको संस्कृत विश्वविद्यालयले इन्टर्नसिप अवधिभर मासिक २४ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता प्राप्त गर्दै आएका छन् ।

तर, पतञ्जलि आयुर्वेद मेडिकल कलेजले यो निर्णय कार्यान्वयन गरेको छैन । बरु आफूहरूलाई विभिन्न बहाना गर्दै टार्ने र झुलाउने काम गरिरहेको एक विद्यार्थीले बताए ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama