Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, उडान सुरक्षा प्रणालीको कमजोरी

- shuvadmin / शुक्रबार, भदौ २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ ।

विस्तृत परीक्षण ९सि–चेक० का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन ।

आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाउँदा एउटा परिवारका तीनै जनाले ज्यान गुमाउनु परेको थियो ।

प्राविधिक श्रीमान्सँगै घुमघामका लागि पोखरा उडेका महिला र उहाँका नाबालक छोरालाई सौर्य एयरलाइन्सले उडान अनुमति दिएको विषयबारे भने जाँचबुझ समिति मौन बसेको छ ।

त्यस्तै जहाज दुर्घटनापछि भएको आगलागी निभाउन विमानस्थलमा तैनाथ रहेका दमकल चार मिनेटमै दुर्घटनास्थलमा पुगेर आगलागी निभाएको प्रतिवेदनमा दाबी गरिएको छ ।

तर, तत्काल परिचालन हुनुपर्ने दमकल समयमै दुर्घटना स्थलमा पुग्न नसकेको जनगुनासो र दुर्घटनास्थलतर्फ जाँदा हिलोमा फसेर सर्वसाधारणले धकेल्नु परेको अवस्थालाई भने समितिले एक मिनेटमै परिचालन भएको दावी गरेको छ ।

१८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाका कारणमा पाइलटले जहाज टेकअफका क्रममा अस्वाभाविक हाई पिच लिएको (टेकअफ पिचको गति प्रतितीन डिग्री प्रतिसेकेन्ड हुनुपर्नेमा ८.६ डिग्री देखिएको) रिपोर्टमा उल्लेख छ ।

त्यसै गरी जहाज टेकअफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययन रिपोर्टमा उल्लेख छ ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत उड्डयन सुरक्षाका विषयमा सुझाव दिँदै (नियमित र चाटर) प्राविधिक जहाज उडान अनुमतिबारे कार्यविधि बनाउन, सबै वायु सेवा प्रदायक कम्पनीलाई स्पिड कार्डको तत्काल पुनरवलोकन गर्न र कार्गो तथा ब्यागेज ह्यान्डलिङका विषयमा पनि मापदण्ड पालना गर्न सिफारिस गरेको छ ।

कार्गो र ब्यागेज ह्यान्डलिङमा बेवास्ताले समस्या निम्त्याउन सक्ने भन्दै समितिले मापदण्डलाई कडाइका साथ पालना गर्नसमेत आवश्यक रहेको औँल्याएको छ ।

समितिले प्रारम्भिक रूपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको जनाउँदै अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले चालकदलका सदस्यलाई पर्याप्त तालिम र रिफ्रेसमेन्ट तालिम दिनुपर्ने, जहाजमा कुनै समस्या आउनेबित्तिकै क्याप्टेनले एटीसीसँग सहयोग माग्नुपर्ने विषयमा भने कुनै सिफारिस गरिएको छैन ।

Page Views: 54
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama