Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चितवनको मेघौलीका माछा मार्न गएका २ युवक राप्ती नदीमा बेपत्ता

- shuvadmin / शनिबार, भदौ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको यादवले बताए ।

शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् ।

शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ । स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् ।

तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको सई यादवले जानकारी दिए । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।

Page Views: 110
संबन्धित शिर्षकहरु
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
बसमा आगलागीका कारण घाइते चालकको निधन
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
ताजा अपडेट
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama