Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेले ‘हिंसा’ शब्द नसच्याए माओवादीले संसद् अवरोध गर्ने

- shuvadmin / आइतबार, भदौ ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध गर्ने तयारी गरेको छ ।

माओवादीले आइतबार दिउँसो १ बजे बस्ने बैठक अवरोधको तयारी गरेको हो ।

सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको र त्यो नसच्याउँदासम्म अवरोध जारी रहने माओवादी सांसद माधव सापकोटाले बताए ।

“एमालेले आफ्ना मन्तव्यहरू सच्याउनुपर्छ । खासगरी योगेशजीले जसरी भन्नुभयो, उहाँको मन्तव्यको सारमा जे छ, त्यो सच्चिनुपर्छ,” उनले भने, “अन्यथा संसद् अवरोध हुन्छ ।”

उनले सांसद भट्टराईले भनेको ‘हिंसा’ शब्द असंवैधानिक र असंसदीय भएको दाबी गरे । “संविधानभन्दा माथि कोही हुँदैन् ।

संविधानको पालना हुनुपर्छ, संसदीय मान्यताअनुरूप चलिनुपर्छ,” उनले भने ।

सांसद भट्टराईले गत भदौ १२ गते बसेको संसद् बैठकमा माओवादी जनयुद्धलाई दोहोर्‍याइ तेहेर्‍याइ माओवादी जनयुद्ध नभइ हिंसा नै भएको बताएका थिए ।

त्यसलगत्तै माओवादी सांसदहरू उठेर विरोध गरेका थिए भने उक्त शब्द संसद्को रेकर्डबाट हट्नुपर्ने माग गरेका थिए ।

तर, २८ गते बसेको बैठकमा सभामुख देवराज घिमिरेले हटाउन नपर्ने निर्णय सुनाएका थिए ।

यसपछि माओवादी सांसदहरूले बैठक अवरोध गरे । यसपछि बैठक नै स्थगित भयो । यसपछि आज बस्ने बैठकमा पनि माओवादी अवरोधको तयारी गरेको हो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama