Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

- shuvadmin / सोमबार, भदौ ३१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सङ्घीय संसद्को चालू अधिवेशन अन्त्यको सिफारिस भएको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए ।

सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो ।

चालू बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।

जुटेन राजनीतिक सहमति

यसअधि प्रतिनिधि सभामा वक्तव्यका क्रममा प्रयोग भएको ‘हिंसा’ शब्द र सोमाथि सभामुखको रुलिङको विवादमा प्रतिनिधि सभा बन्धक बनेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएकाक थिए ।

दुई चरणमा भएको छलफल निष्कर्षविहीन बनेको हो । माओवादी केन्द्रले दलको निर्णय अनुसार नै बैठक अवरोध गर्ने जानकारी बैठकमा गराएको थियो ।

‘हिंसा’ शब्द रेकर्डबाट हटाउने र आफ्ना धारणा राख्न पाउनुपर्ने अडान माओवादी केन्द्रले राखेको थियो तर उक्त मागमा सत्तारूढ दलहरू असहमत भएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलको निर्णय अनुसार नै अवरोध भएकाले राजनीतिक सहमति नभएसम्म अवरोध कायम रहने बताए ।

पाण्डेले भने , “दलको निर्णय अनुसार अवरोध भएको हो, जुन शब्द प्रयोग भएको छ, यो शब्दको मात्र विषय होइन, सम्पूर्ण जनयुद्धको भावनाविपरीत हो । नसच्चिएसम्म हाम्रो विरोध यथावत् रहन्छ ।”

सत्तारूढ दल नेकपा ९एमाले० का मुख्य सचेतक महेश बर्तौलाले माओवादी केन्द्रको माग नै बेठिक भएको बताए ।

संसद्को सुव्यवस्थाका विषयमा सभामुखको रुलिङ अन्तिम हुने भएकाले त्यसलाई मान्नुपर्ने बर्तौलाले बताए ।

उनले भने , “सभामुखको रुलिङ मान्नु सांसदको कर्तव्य हुन्छ । नियमापत्तिउपरको निर्णयको अधिकार पनि सभामुखलाई नै हो ।

निर्णयविपरीत माओवादीले आन्दोलन गरेको छ । बिनाविषय र उद्देश्यको आन्दोलन हो ।

माओवादीले कसको जवाफ मागेर आन्दोलन गर्ने रु सभामुखले भनेको नमान्ने हो भने मर्यादापालकले भनेको मान्ने रु रुलिङ कसको कार्यान्वयन गर्ने हो । सभामुखको रुलिङ सरकारले पनि मान्नु पर्छ ।”

‘हिंसा’ शब्दका कारण संसद् अवरुद्ध

शब्दकै विवादका कारण भदौ २६ गतेको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

त्यसको चार दिनपछि आइतबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ ।

शब्दको विवादमा सदन फस्दा प्रतिवेदन पेस तथा विधेयक पारितका कार्यसूची अवरुद्ध भएका छन् ।

सभामुख देवराज घिमिरेको रुलिङका विषयमा माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखको रुलिङपछि लगातार प्रतिनिधि सभामा अवरोध भइरहेको छ ।

नेकपा ९माओवादी केन्द्र० को संसदीय दलले सभामुखको भदौ २६ गतेको रुलिङ नसच्चिएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

भदौ १२ गते नेकपा ९एमाले० का सचिव योगेश भट्टराईले विशेष समयको वक्तव्यमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेका थिए । शब्दप्रति माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ ।

भदौ १२ गतेको विवादमा सभामुख घिमिरेले भदौ २६ गते रुलिङ गरेका थिए । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्शमा समितिबाट प्राप्त राय र सचिवालयसँगको परामर्शसमेतका आधारमा उक्त निर्णय लिएको जानकारी बैठकमा गराएका थिए ।

विषय, प्रसङ्ग र प्रस्तुतिका आधारमा शब्द प्रयोग भएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ सभामुखबाट भएको थियो ।

प्रतिनिधि सभाको अवरोध कायमै रहेसँगै सोमबारका लागि तय भएको प्रधानमन्त्री केपी ओलीको सम्बोधन अनिश्चित बनेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा जानुअघि सदनमा जानकारी दिन प्रधानमन्त्रीले सोमबार सम्बोधनको तयारी भएको थियो ।

प्रधानमन्त्री ओलीको सम्बोधन र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस र आवश्यक निर्देशनपछि चालू अधिवेशन अन्त्यको तयारी थियो ।

Page Views: 58
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama