Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ममता काफ्लेलाई श्रीमानले आततायी हत्या गरेको स्पष्ट, आङै जिरिङ्ग पार्ने प्रमाणहरु अदालतमा

- shuvadmin / आइतबार, असोज ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता काफ्लेको उनको श्रीमान नरेश भट्टले हत्या गरेको लगभग छर्लंग भएको छ ।

हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।

नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि अस्ति ‘मोसन हियरिङ’ राखिएको थियो ।

अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर उनका वकिलहरुले गरे ।

कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने उनीहरुको तर्क थियो । तर, सरकारी वकिलहरुले भने नरेशले हत्या गरेको बलिया प्रमाणहरु पेश गरेका छन् ।

प्रमाणहरु हेरिसकेपपिछ न्यायाधीशले ४५ मिनेटभित्र धरौटी अपिल सिधै खारेज गरिदिइन् ।

नरेशले ममताको हत्या गरेकोमा न्यायाधीश पनि विश्वस्त देखिइन् । यद्यपि, नरेशविरुद्ध हत्याको मुद्दा भने दायर भइसकेको छैन ।

अहिले चलिरहेको मुद्दा लाश लुकाएको अभियोगमा हो । न्यायाधीशले नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन् ।

मोसन हियरिङमा इजालसभित्र ममताका समर्थकहरु खचाखच थिए । सरकारी वकिलहरुले दिएका प्रमाण र भिडियो फुटेजहरु अदालतमा देखाइँदा इजलासभित्र स्तब्धता छाएको थियो ।

इजलासमा उपस्थित ममता काफ्लेका दाइ धुरुधुरु रोए । अरुको पनि आँखा ओभनो रहन सकेन् ।

नरेशका वकिलहरुले दाबी गरेजस्तो ममता कतै जीवित नै पो छिन् कि भन्ने झिनो आशा पनि समाप्त भएको नेपाली समुदायका अगूवाहरुले बताएका छन् ।

ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ ।

उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।

बताइएअनुसार नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेका छन् ।

एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए ।

त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो ।

ट्रयास ब्यागहरु फ्याकेपश्चात उनले ती कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर समेत सोधेका थिए ।

यी कामहरु नरेशले जुलाई २९ र ३० मा गरेका हुन् । आफ्नी छोरीलाई एकजना बेबीसिटर कहाँ छोडेर नरेश दिनभर व्यस्त बनेका थिए ।

उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि पाइएको छ ।

नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर सर्च गरेको पनि भेटिएको छ ।

नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् ।

प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै लाशको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए ।

हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् ।

घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि यही नै सबैभन्दा ठूलो सुराक बन्यो ।

यसअघि खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो ।

ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् ।

घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेका थिए ।

‘श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ? ’ भनेर गुगल सर्च गरेबाट नरेशले केही महिनाबाटै योजना बनाएको अनुमान गरिएको छ ।

ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।

Page Views: 62
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama