Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्नातकको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

- shuvadmin / मङ्गलबार, असोज ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदूतबाट आफ्नो नाम फिर्ता लिएका छन्।

राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले मंगलबार आफूले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका हुन्।

उनले ‘काबु बाहिरको पस्थिति आएका कारण’ आफूले प्रमाणपत्र बुझाउन नसक्ने समेत जानकारी समितिलाई गराएका छन्।

प्रस्तावित १७ राजदूतमध्य १६ जनाको नाम ३ असोजमा समितिबाट अनुमोदन भएको थियो। तर, भट्टराईको शैक्षिक योग्यताको प्रमाण पत्र नभेटिएपछि उनीबारेको निर्णयलाई थाँती राखिएको थियो।

भट्टराईबारे अन्तिम निर्णय लिन सोमबार बैठक बोलाइएको भएपनि कोरम नपुगेका कारण समितिको बैठक स्थगित भएको थियो।

समितिको बैठक आज (मंगलबार) बिहान ९ बजे बोलाइएको भएपनि दिउँसो ३ बजेसम्मलाई सारिएको थियो। समितिले पटक–पटक प्रमाणपत्र बुझाउने मौका दिँदा पनि भट्टराईले बुझाउन भने सकेनन्।

भट्टराईले नाम फिर्ता लिएको भएपनि समिति बैठक भने पूर्वनिर्धारित समय ३ बजे नै बस्दैछ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama