Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वर्षाका कारण काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्गमा चल्न थाले सवारी साधन, वीपी राजमार्ग भने अझै अवरुद्ध

- shuvadmin / आइतबार, असोज २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडकमा यातायातका साधन चल्न थालेका छन् ।

राजधानीको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सञ्चालनमा आइसकेका छन् भने अन्य राजमार्ग तथा भित्री सडक सञ्चालनमा ल्याउन अनेकन प्रयास भइरहेका छन् ।

अहिलेसम्म सञ्चालनमा आउन नसकेका राजमार्ग तथा सडकको विकल्पमा विभिन्न सडक प्रयोग गरी सवारीसाधन सञ्चालनमा ल्याउने प्रयास गरिएको छ ।

गत साता गएको बाढीले सबभन्दा बढी क्षतिग्रस्त भएको काठमाडौँलाई मुलुकको पूर्वी क्षेत्रसँग जोड्ने वीपी राजमार्गको सबभन्दा ठूलो विकल्प काठमाडौँ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन कार्कीले अहिले काठमाडौँबाट चन्द्रागिरि–चित्लाङ–पालुङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिने सडक सञ्चालनमा आइसकेको जानकारी दिए ।

त्यसै गरी काठमाडौँबाट त्रिभुवन लोकपथ (बाइरोड) भएर पनि हेटौँडा पुग्न सकिने छ । त्रिभुवन लोकपथको थानकोट–चन्द्रागिरि–चित्लाङ–कुन्छाल–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिन्छ ।

यसै लोकपथको थानकोट–नौबिसे–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै पनि हेटौँडा पुग्न सकिन्छ ।

यसै गरी काठमाडौँ, थानकोट, नौबिसे, मुग्लिङ हुँदै नारायणगढबाट हेटौँडा पुग्ने गरी सवारीसाधन सञ्चालनमा आइसकेको प्रवक्ता कार्कीले जानकारी दिए ।

हेटौँडाबाट पूर्व जानका लागि प्रयोग गरिने हेटौँडा–सिन्धुली–चतरा–धरान (मदन भण्डारी राजमार्ग) र पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ ।

बाढीपहिरोले अवरुद्ध काठमाडौँ–हुमाने–फाखेल–कुलेखानी हुँदै हेटौँडा जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

फाखेल सडकखण्डमा आएको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

वीपी राजमार्गको अर्को विकल्प

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले वीपी राजमार्गको विकल्पमा काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरी वीपी राजमार्ग निस्कने छोटो दूरीको सडकमा शनिबारबाट यनतायातका साधन चल्न थालेको जानकारी दिए ।

उनका अनुसार भकुन्डेबेँसीबाट तिमाल, खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दूरी पार गर्नु पर्छ ।

रामेछाप र सिन्धुलीको सिमानाको सुनकोशी नदीको पक्की पुल सञ्चालनमा छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि शनिबारदेखि सो मार्ग सञ्चालनमा आए पनि आइतबारदेखि ठूला सवारीसाधनका लागि समेत सञ्चालनमा आउने छ ।

अझै अवरुद्ध छन् यी सडक

त्यसै गरी काठमाडौँ–हेटौँडा जोड्ने अन्य राजमार्ग र सडक अझै अवरुद्ध छन् । कान्ति लोकपथको सातदोबाटो–हेटौँडा खण्ड, बल्खू–दक्षिणकाली–सिस्नेरी –कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड, बल्खू–दक्षिणकाली–फाखेल–कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड र चन्द्रागिरि–मार्खू–कुलेखानी–भीमफेदी–हेटौँडा अवरुद्ध छन् ।

Page Views: 64
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama