Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी) ले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने

- shuvadmin / बिहिबार, मङि्सर ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।

विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको टोलीबिच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका सह महासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतृत्वको टोली सहभागी थियो ।

छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम ब्युरो निर्देशकसमेत रहनुभएका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३ ) बनाउने तथा कार्यान्वयन योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिबद्धता जनाएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिए ।

संक्षिप्त प्रतिक्रिया दिँदै सह महासचिव मार्कोसले नेपालको समुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधैँ तयार रहेको बताए ।

उनले नेपालले हिमालको मुद्दा र हानि नोक्सानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गरे ।

उनले जलवायु अनुकूलन कार्य, हानि नोक्सानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपीको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले विशेष गरेर जलवायु प्रतिबद्धता, स्केला लगायत कार्यक्रमहरूलाई नेपाल सरकारसँगको सहकार्यमा सञ्चालन गरिने बताएका छन् ।

युएनडिपीले राष्ट्रिय जैविक विविधता रणनीति र कार्य योजना बनाउन नेपाल सरकारलाई सहयोग गरिरहेको छ ।

नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पुर्‍र्याउँदै आएको छ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
ताजा अपडेट
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama