Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दै, सत्तामा बसेर सास्ती दिएको भन्दै सर्वसाधारणको आक्रोश

- shuvadmin / शुक्रबार, मङि्सर ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्तारुढ नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ ।

सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

एमालेको र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईँको अभियानले पनि प्रदर्शन गर्दै छ ।

प्रदर्शनले सडक र सवारीलाई सास्ती मात्रै दिएको छैन । सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बन्न पुगेका छन् ।

कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि आफ्नो कार्यालय पुग्न सकेका छैनन् । सेवाग्राहीको अवस्था पनि उस्तै छ । कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएका छैनन् ।

राजधानीका विद्यालयहरूमा यसको असर परेको छ । विद्यार्थी र शिक्षकहरू अहिलेसम्म पनि विद्यालयमा पुग्न सकेका छैनन् ।

घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

सभाअघि एमालेले काठमाडौँको भद्रकालीबाट र्‍याली निकाल्ने जनाएको छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने र यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकहरूले भने बेतुकको ठानेका छन् ।

सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।

एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ ।

केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएपपी) उमाप्रसाद चतुर्वेदीले बताए ।

विशेषगरी काठमाडौं उपत्यकाको रिङरोडमा सवारी साधन र प्रदर्शनकारीको चाप बढिसकेको छ ।

माइतीघरदेखि दरबारमार्ग प्रस्थान गर्ने मुख्य मुख्य ठाउँमा अहिले सवारी साधनको चाप बढिरहेको एसएसपी चर्तुवेदीले जानकारी गराए ।

Page Views: 70
संबन्धित शिर्षकहरु
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
ताजा अपडेट
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama