Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानी सेवा आंशिक सञ्चालन, सेवाग्राहीका तथ्याङ्क सुरक्षित

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएपनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ ।

केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्णस्तरमा सञ्चालनमा आउन १५ दिनसम्म समय लाग्न सक्ने जनाउँदै विभागले पहिले लिइएका आवेदन जुन अद्यावधिक र छपाइको प्रक्रियामा गएका थिए त्यससम्बन्धी आंशिक सेवा सञ्चालन गरिएको बताएको छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै विभागले स्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको जनाएको छ ।

टोलीले समस्या आएदेखि समाधान नभएसम्मको विस्तृत विवरण भविष्यमा आवश्यक सुरक्षाका लागि सुझाव दिने छ ।

विभागका महानिर्देशक तीर्थराज अर्यालले भने, “देशकै तथ्याङ्क सुरक्षासँग जोडिएको विषय विद्युतीय राहदानी सेवा हो, त्यसैले विभागले अत्यन्त सतर्कताका साथ सेवा सञ्चालन गर्नु पर्छ र त्यसै अनुसार काम गरिरहेका छौँ ।”

उनले नेपालको राहदानी सेवाको प्राविधिक पक्ष मजबुत रहेको र राहदानीवाहक र आवेदकहरूको सबै तथ्य तथ्याङ्क सुरक्षित रहेको समेत उहाँले जानकारी दिए ।

अनलाइन आवेदन लिने क्रममा सेवाग्राहीको कम्प्युटरबाट आएको भाइरसले सिङ्गो प्रणालीमा नै बाह्य साइबर आक्रमण हुने खतरा रोक्न सेवा बन्द गर्नु परेको जानकारी दिंदै विभागको प्रणाली सुरक्षामा शङ्का नगर्न उनले आग्रह गरे ।

जिल्लाबाट आएको अनलाइन आवेदनको इमेलमा असावधानीबस क्लिक गरेका कारण एक कम्प्युटरमा भाइरसको समस्या देखिएको दाबी उनको छ ।

त्यो भाइरस प्रणालीगत सर्भरमा पुग्न नदिई नष्ट गर्ने प्रक्रियाका क्रममा सेवा अवरुद्ध हुँदा सर्वसाधारणले समस्या खेप्नु परेकोमा विभागले क्षमा मागेको छ ।

विभागले अत्यावश्यक सेवाका रूपमा अनलाइन बुकिङ खुलाउन भने अझै दुई दिन जति समय लाग्ने प्रस्ट पारेको छ । जिल्ला प्रशासनहरूमार्फत दिइने सामान्य सेवासहितका राहदानीका सेवा खुलाउन थप समय लाग्ने छ ।

अबको एक साताभित्र काठमाडौँ र भक्तपुर जिल्ला प्रशासनमार्फत सेवा सञ्चालन गर्ने गरी विभागले तयारी थालेको महानिर्देशक अर्यालले बताए ।

उनका अनुसार काठमाडौँबाहिरका जिल्ला प्रशासनहरूमार्फतको सेवा सञ्चालनका लागि साताभन्दा बढी समय लाग्ने छ । त्यस्तै सुदूरपश्चिमसहित दुर्गमका इलाका प्रशासन कार्यालयमा अझ बढी समय लाग्ने छ ।

विदेशस्थित कूटनीतिक नियोगहरूमा पनि सेवा सञ्चालनका लागि समय लाग्ने भएकाले धैर्य गर्न र अत्यावश्यक परेमा विभागमार्फत सेवा लिन भनिएको छ ।

देश विदेशसमेतको विद्युतीय राहदानीको सेवाको भार केही दिनलाई विभागमा अत्यधिक पर्ने भएकाले विभाग सतर्क रहेको जनाएको छ ।

त्यसैले पनि अत्यावश्यक रहेकाले मात्र विद्युतीय राहदानीसम्बन्धी सेवाका लागि आउन विभागले अनुरोध गरेको छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama