Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली, देशका बाँकी भू-भागको मौसम सफा रहने

- shuvadmin / सोमबार, मङि्सर १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार बिहान) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ।

देशका बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ। आज दिउँसो पनि कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा दिउँसो हल्का वर्षाकोसमते सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

मंगलबार र बुधबारको मौसम

२०८१ मंसिर ११ गते मंगलबार

दिउँसोː कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ मंसिर १२ गते बुधबार

दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Page Views: 80
संबन्धित शिर्षकहरु
आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
सुनचाँदीकाे मूल्य घट्याे
पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
ताजा अपडेट
  • आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे
  • आज कतिमा हुँदैछ फलफूल तथा तरकारीकाे बिक्री
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama