Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

९५ प्रतिशत भुक्तानी लिएर ठेकेदार वेपत्ता, आठ वर्ष देखि पुल निर्माण अधुरै

- shuvadmin / बुधबार, मङि्सर १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सप्तरी, सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ ।

स्थानीय रघुविर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए ।

“कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन”, उनले भने ।

खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो ।

सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खंगले सुनाए ।

स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताए ।

यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ ।

पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् । “ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन् ।

हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो । खै १ बन्छ कि बन्दैन, बने पनि केहिले हो कहिले”, मो बसिरले भने ।

विसं २०७३ जेठ २ गते रु पाँच करोड ४० लाख ९३ हजारमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो ।

सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा वि. सं २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

त्यसयता पाँच पटक म्याद थपिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक नौ गते सकिएको छ ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए ।

कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले निर्माण कम्पनीलाई हालसम्म रु चार करोड ५२ लाख भुक्तानी दिइसकेको जानकरी दिए ।

अब चालू आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताए ।

“ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

ढिलोमा भएमा जसरी पनि चालू आवभित्रै कामले पूर्णता पाउने गरी हामीले पहल गर्छौँ । त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ”, उनले भने ।

Page Views: 69
संबन्धित शिर्षकहरु
आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
ताजा अपडेट
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama