Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

- shuvadmin / शुक्रबार, मङि्सर १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।

आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो।

गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ।

हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थियो। सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

Page Views: 66
संबन्धित शिर्षकहरु
आज सुनचाँदीको मूल्य घट्याे
आजका लागि विदेशी मुद्राको विनिमय दर
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
ताजा अपडेट
  • आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
  • सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama