Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइतबार सेयर बजार ९.९९ अंक घट्यो, गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम

- shuvadmin / आइतबार, मङि्सर १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । मौद्रिक नीतिको समीक्षापछि यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७ ३८ मा कायम भएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था गरिएको थिएन ।

कारोबार रकम केही बढेको छ । कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।

विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो ।

विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।

बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटे ।

होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो । विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो ।

एक्सल डेभलपमेन्ट बैंकको ९।६, सपोर्ट माइक्रोफाइनान्सको ९।४, मितेरी विकास बैंकको ७।६ र इमर्जिङ नेपालको ७।५ प्रतिशत मूल्य बढ्यो ।

जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ९।१, उपकार लघुवित्तको ५।४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४।६ तथा मानुषी लघुवित्तको ४।१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधार एक्सल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, मितेरी विकास बैंक तथा ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

Page Views: 68
संबन्धित शिर्षकहरु
आज सुनचाँदीको मूल्य घट्याे
आजका लागि विदेशी मुद्राको विनिमय दर
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
ताजा अपडेट
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • संघीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama