Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पत्रकार महासंघको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल बिजयी

- shuvadmin / आइतबार, मङि्सर ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ ।

महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बनेकी छन् ।

तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसकेकी छन् ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले जित हासिल गरेका छन्।

महासंघमा गत शुक्रवार केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्वका लागि चुनाव भएको थियो ।

सो निर्वाचनमा केन्द्रीय पदाधिकारीमा शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भए ।

उनी श्रमजीवी पत्रकारहरुको मुद्दा स्थापित गर्न लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।

यसै गरी अन्य पदाधिकारीमा खुलातर्फ सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, समावेशी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, लेखा समिति संयोजकमा केसी लामिछानेलगायत विजयी भएका छन् ।

Page Views: 119
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama