Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निरन्तर ओरालो लाग्दै नेप्से, परिसूचक ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दूमा सीमित

- shuvadmin / बिहिबार, पुष ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।

साताको अनितम दिन नेप्से परिसूचक १.१९ प्रतिशत अर्थात ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दूमा सीमित बनेको छ ।

बिहीवार बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४४५.७७ विन्दूमा खुम्चिएको छ ।

साताको अन्तिम दिन बिहीवार नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिहीवार नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात २.७३ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह पनि आज ०.८२ प्रतिशत,विकास बैंक १.२५, फाइनान्स २.३१, होटल ०.८७,हाईड्रो १.५२,लगानी १.९५,जीवन बीमा १.०४,उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा १.०५ र अन्य समूह ०.९३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ६० लाख बढीको कारोबार भयो ।

कर्णाली डेभलपमेन्ट बैंकको आज ११ करोड ४५ लाख,नेपाल फाइनान्सको १० करोड २२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ६ लाख र जोशी हाईड्रोपावरको ७ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

आज सामूदायिक लघुवित्तको सेयरमूल्य ७.९६ प्रतिशत,भूगोल इनर्जीको ५.०९,मेन्छियाम हाईड्रोपावरको ४.५० र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.३९ प्रतिशतले बढ्यो ।

यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै अर्थात ९.२१ प्रतिशतले घट्यो ।

माईखोला हाईड्रोपावरको सेयरमूल्य पनि आज ६.६३ प्रतिशत,मानुषी लघुवित्तको ५.८० र रिभर फल्स पावरको ५.७८ प्रतिशतले घट्यो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama