Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

समयमै महाधिवेशन हुने संकेत छैन, पार्टीभित्र लड्नुपर्ने अवस्था आउनसक्छ : डा. कोइराला

- shuvadmin / शनिबार, पुष ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँगको भेटमा कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बताएका छन्।

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका डा. कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंहरुमाथि अन्याय भएको छ।

उचित अवसर पाउनु भएको छैन। तपाईहरुको पीडा म बुझ्छु। अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर, यसका लागि तपाईहरुको सहयोग चाहिन्छ।’

१५ औं महाधिवेशनको तयारीका लागि देश दौडाहमा निस्किएका डा. कोइरालाले धनगढीमा सुदुरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्तासँग भेटेर कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने प्रतिबद्धता जनाए।

डा. कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए। उनले थपे, ‘समयमा भएन भने पार्टी कमजोर हुन्छ।

अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।’

उनले भने, ‘अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। सबैलाई न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको दाबी गरे।

उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन् ।

कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट पनि सन्तुष्ट छैन।’

सुदूरपश्चिम भ्रमणको पहिलो दिन डा. कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए।

कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो।

डा. कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए। जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ आटै जिल्लालाई सम्बोधन समेत गरेका थिए।

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए।

१५ औं महाधिवेशनमा आफूहरु डा.कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए। सुदूरपश्चिम कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश पनि हो।

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama