Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात रोगले कम्तीमा ६० याक र चौरी मरे, चिकित्सकसहितको टोली खटिँदै

- shuvadmin / मङ्गलबार, पुष ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुगू , मुगूम कार्मारोङ्ग गाउँपालिका वडा नं २ मुगु गाउँका स्थानीयले पालेका चौरी तथा याकहरु अज्ञात रोगले मरेका छन् ।

मुगू गाउँका स्थानीय छोर्तेन लामाले दिएको जानकारी अनुसार शनिबारसम्म ६० वटा चौरी तथा याकहरु उक्त रोगबाट ग्रसित भइ मरिसकेका हुन् ।

शुरुमा चौरी तथा याकहरुले मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिसा गर्ने, दिसामा हल्का रगत देखिने लक्षण देखिएको २४ घण्टा भित्रमा याक तथा चौरीहरुको मर्ने गरेको स्थानीय लामाले बताए ।

अज्ञात रोगले चौरीहरु प्रभावित भैरहेको भन्ने खबर पाउँदा बित्तिकै गाउँपालिकाले औषधि र पशु स्वास्थ्यकर्मीसहित मुगु गाउँमा पठाए पनि पालिकाको उपचार गर्न पालिकाको जनशक्ति र औषधिको क्षमताले नसक्ने अनि चौरीहरुको स्वाप संकलन गरी ल्याबमा परीक्षणका लागि पठाउनु पर्ने भएकाले त्यस्तो साधन र जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगूम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलले बताए ।

पालिकाको पत्र पाउनासाथ घटनास्थलतर्फ हिँडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोली सिरानी चौरमा पुगिसकेको र मध्यामिक विद्यालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घटनास्थलतर्फ गएको साथै तीन तिरबाट गरी अहिले मुगु गाउँतर्फ ७ सदस्यीय चिकित्सक तथा प्राविधिक टोली औषधीसहित गैसकेको प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी गराए ।

उनका अनुसार मुगू गाउँमा चिसोका कारण स्थानीय बेशितिर अस्थायी बसाइ सरेकाले गाउँमा कोही नहुँदा चौरी रहेका लेकहरुमा स्वास्थ्यकर्मीको टोली पुग्न कठिन भैरहेको छ । त्यसैमा झन् मंगलबारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको छ ।

चौरीहरु हिमालतिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरुमा कति चौरी तथा याकहरु मरे यकिन तथ्यांक प्राप्त गर्न गार्हो भएको र शनिबारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० भन्दा बढी चौरी तथा याकहरु उक्त अज्ञात रोगबाट मरिसकेको हुन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रावलले अन्दाज लगाए ।

उच्च हिमाली क्षेत्र,भौगोलिक कठिनाइ, दुर्गमता र उर्वर जमीन कम भै आयातित खानामा बाँच्नु पर्ने भएकाले मुगूम कार्मारोङ्ग गाउँपालिकाका स्थानीयहरुले दूध खान,छुर्पी बनाउन र भारी बोक्न चौरी तथा याकहरु पाल्ने गर्दछन् ।

Page Views: 72
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama