Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बौद्धधर्मालम्वीहरुले दोस्रो पर्व तोल लोसार आज मनाउँदै

- shuvadmin / मङ्गलबार, पुष १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज बौद्धधर्मालम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन् ।

तोला लोसार ११ औ महिना अर्थात् पुसमा पर्दछ । वर्ष ९लो० फेरिने क्रममा भएकाले ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग यसको तुलना हुने धर्मग्रन्थमा उल्लेख छ ।

यो पर्व विशेष गरी हिउँदको घाम फर्कँदा लोसार मान्ने प्रचलन मञ्जुश्री ९नाग्चीपा० ज्योतिस परम्परा पनि मानिन्छ ।

बुद्ध धर्मावलम्बीको महान् पर्व कोङ्पो, तोला, सोनाम र ग्याल्पो लोसार मनाउने गर्दछन् । कोङपो पछि आउने तोल लोसार पनि पुरानो पर्वको रूपमा मानिन्छ ।

‘लो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ त्यसैले नयाँ वर्ष परिवर्तन हुने पर्व पनि हो ।

यस पर्वमा पूजापाठसँगै गुथुक, खाप्से, रिल्दुक, रिकुर लगायतका परिकारहरू बनाएर खाने र शुभकामना साटासाट समेत गरी रमाइलो गर्ने गर्दछन् ।

लोसार भोट पात्रो (दतु) अनुसार बौद्ध मार्गीहरूले मनाउने गरे पनि पछिल्लो समय नामै परिवर्तन समेत गरी जात विशेषले मनाउने गरेको भन्दै यसलाई सुधार गर्न यसको सुधार गर्ने पर्ने नेपाल बौद्ध महासङ्घका पुर्वअध्यक्ष आचार्य नुर्वु माग गरेका छन् ।

अग्रजहरूले यसरी लोसारलाई संस्कृति भन्दा पनि विकृतिको रूपमा मनाउन थाल्यो भने पछिल्लो पिँडीले यसको मनन गर्न नसक्ने उनको भनाई छ ।

चार वटा महान पर्व लोसार

कोङपो लोसार : कोङ्पो प्रान्तका राजा आग्यालले युद्ध लड्ने जानु अघि लोसार नमनाई नजाने घोषणा पछि युद्धमा जीत हासिल गर्न लोसार मनाउन सुरुवात गरेको पाइन्छ ।

यो लोसार नै कोङ्पो लोसारको नाममा परिचित छ हिजोआज लोपोन्मुख लोसारको रूपमा यसलाई मानिन्छ ।

तोल लोसार : तोल लोसार ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग रहेको धर्मका अग्रजहरू तर्क राख्छन् ।

११ औ महिना पुस मा पर्दछ । यो विशेष गरी हिउँदको घाम फर्कँदा लोसार मान्ने प्रचलन मञ्जुश्री (नाग्चीपा० जोतिस परम्परा पनि मानिन्छ । पात्रो अनुसार तोला लोसार पुस सङ्क्रान्ति देखि मसान्त भित्र पर्दछ ।

सोनाम लोसार : सोनामको अर्थ कृषि हो, किसानले रोपेको खेतीपाती उत्पादन पछि घर भित्राए पछि खुसीयालीमा सोनाम लोसार मनाउने गरेको इतिहास छ । पात्रो अनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ ।

ग्याल्पो लोसार : यता पात्रोमा तिथि परिवर्तन भई नयाँ वर्ष लागेसँगै १२ महिना सकेर ग्याल्पो लोसार गरेको मनाइन्छ ।

यो अन्तिम अर्थात् वर्ष विदाई गरेर नयाँ वर्षको स्वागत गर्ने पर्वको रूपमा मान्ने गरिन्छ । यसरी संसारका बौद्ध धर्म मान्नेहरूले यसरी लोसारलाई मन्दै आएको इतिहास छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama