Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहस न्यायाधीश भट्टराईको इजलासमा

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, सहकारी ठगी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेकी एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी छन्।

मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरु हुँदै छ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा कोइरालाको नाम जोडिएको थियो। पुस २ गते पक्राउ पुर्जी जारी भएपछि शिक्षिका कोइराला स्कुल बिदा लिएर फरार भएकी थिइन्।

उक्त सहकारीको सञ्चालक पदबाट कोइरालले ५ माघ २०७८ मा राजीनामा दिएकी थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली(२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन्।

उनका सांसद श्रीमान पोखरेल प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति हुन्।

यता पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पनि ठगी आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

Page Views: 55
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama