Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जगदुल्ला ठेक्का प्रकरणमा उर्जामन्त्री खड्काको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ ।

उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको छुट्टै सञ्चालक समिति हुने भएकोले उक्त सञ्चालक समितिमा माननीय मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, आफूसँग नजोडिएको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेको कपोलकल्पित एवं भ्रामक समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,’– स्वकिय उपसचिव बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित समाचार सामाग्रीमा न्यूनतम सत्यतथ्य समेत एकीन नगरी समाचार प्रकाशन गरेको र समाचार प्रकाशन गर्नुपूर्व अपनाउनुपर्ने सचेतना एवम् पत्रकारिताको मर्म र आचारसंहिता समेतको ख्याल नगरेको बताइएको छ ।

माननीय मन्त्रीजस्तो सामाजिक मर्यादामा रहने सार्वजनिक ओहोदामा रहेको व्यक्तिको सम्बन्धमा समाचार सम्प्रेषण गर्दा तथ्य यकिन गर्ने खोजपूर्ण र प्रमाणमा आधारित प्रक्रिया समेत अपनाएको नपाइएको विज्ञप्तीमा उल्लेख छ ।

‘प्रकाशित समाचारका सम्बन्धमा सम्बन्धीत जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले समेत प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचार सामाग्री कपोलकल्पित, भ्रामक एवम् तथ्यहिन भएको स्पष्ट पारिसकेको अवस्था छ ।

यसरी तथ्यहिन समाचार सामाग्री प्रकाशन गर्दा माननीय मन्त्रीजस्तो सामाजिक सार्वजनिक ओहोदामा आसिन व्यक्तिको राजनीतिक एवम् सामाजिक चरित्रमा दाग लाग्ने एवं शारिरीक एवम् मानसिक क्षति हुने हुन्छ ।

यसको शोध भर्ना कहिँ कतैबाट हुनै सक्दैन,’विज्ञप्तीमा उल्लेख छ ।

यस्तो गम्भीर विषयमा राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार माध्यमले यस्तो गम्भीर लापरबाही गर्नु शोभनीय नहुने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धीत कम्पनीले जारी गरेको विज्ञप्तीमा मन्त्रीको कुनैपनि प्रकारको संलग्नता नभएको बताइसकेको छ ।

यस्तो सन्दर्भमा यस विषयलाई थप जालझेलको विषय नबनाउन र आफ्नो स्वार्थको रोटी सेक्ने काम नगर्नुहुन आम सञ्चार माध्यमलाई उनले आग्रह गरेका छन् ।

मन्त्री र मन्त्रालयजस्तो गरिमामय संस्थाको विना आधार धज्जी उडाउने कार्यले किमार्थ कसैको हित हुन नसक्ने भन्दै उनले प्रकाशित समाचारको धरातल तथ्यविहिन भएको सन्दर्भमा उक्त सामाग्री हटाएर खण्डन प्रकाशित गर्नसमेत सञ्चार माध्यामलाई अपिल गरेका छन् ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama