Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जोशी हाईड्रोपावरद्वारा दुई आवको एजीएम एकैपटक आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जोशी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पुस पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले नवौं र दशौं साधारण सभा एकैपटक डाकेको छ ।

उक्त सभा माघ १५ गते काठमाण्डौको सुकेधारमा रहेको सेलिब्रेशन हाइटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

उक्त सभामा सञ्चालक समितिको अर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने ,आव २०७९/८०२ र २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी सो लाई आगामी साधारण सभामा पेश गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, आव २०७९/२०८० र २०८०/८१ को विवरण पारित गर्ने, कम्पनीमा रिक्त रहेको १ जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ माघ २ गतेसम्म नेप्सेमा कारोबार भई काउम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama